मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने

109

छिनछिन खबर
काठमाडौं– मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले अबदेखि हेलमेट लगाउनुपर्ने भएको छ । यो नियम सुरूमा काठमाडौं उपत्यकामा मात्रै लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले दुई पांग्रे सवारी साधन दुर्घटना हुँदा चालकभन्दा पछाडि बस्ने व्यक्तिलाई बढी क्षति हुने गरेकाले यो नियम लागू गर्ने निष्कर्षमा पुगेको बताए । महाशाखाले यो नियम लागू गर्नेअघि यातायात व्यवस्था ऐन संशोधन हुनु आवश्यक हुन्छ । यसका लागि यातायात व्यवस्था विभागलाई अनुरोध गरिएको पन्तले जानकारी दिए ।

यसअघि महाशाखाले २०६५ मा पनि मोटरसाइकल र स्कुटरको पछाडि बस्नेलाई हेल्मेट लगाउनुपर्ने नियम लागू गरेको थियो । तर, त्यतिबेला ऐनको अभावमा यो नियम कार्यान्वयन हुन सकेन । अब नियम बनेसँग यस्तो निर्णय कार्यान्यनमा आउनेछ ।

Womui
Womui