इन्धनको मूल्य घट्यो, कसको कति ?

112

छिनछिन खबर
काठमाडौँ— नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । घटाएको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

 

पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको गोइतले बताए ।

अब पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य ९७ र मट्टितेलको मूल्य पनि ९७ रुपैयाँ हुनेछ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै कायम राखिएको छ ।

Womui
Womui