ललितपुरको एनएमबी बैंकमा चोरीको प्रयास, सुरक्षागार्ड घाइते

55

छिनछिन खबर
काठमाडौं, बैशाख २१ । ललितपुरको कुमारिपाटीमा रहेको एनएमबी बैंकमा चोरीको प्रयास भएको छ।राति ३ बजे सोलारको पोलमा चढेर बैंकको सिसा फुटाएर चोर भित्र पसेको थियो।

सुरक्षा गार्डले थाहा पाएपछि गार्डलाई नै आक्रमण गरेर चोर फरार रहेको प्रहरीले जनाएको छ।आक्रमणबाट घाइते भएका गार्ड गोपाल राइको पाटन अस्पतालमा उपचार भइरहेको ललितपुरका डिएसपी नारायण चिमौरियाले जानकारी दिए।चोरको बारेमा पहिचान हुन नसकेको र सिसिटिभीमा देखिएको फुटेजको आधारमा अनुसन्धान भइरहेको डिएसपी चिमौरियाले बताए।

Womui
Womui