नेपालगन्ज रंगशालामा बनेन् स्वीमिङ पुल, आठौं प्रतियोगिताको खेल अन्यौलमा

196

नेपालगन्ज, बैशाख ७-

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबारदेखि हुने भनिएको स्वीमिङ खेल अन्यौलमा परेकोछ । नेपालगन्ज रंगशाला परिसरमा निर्माणाधीन स्वीमिङ पुल तयार नभएकाले पौडी खेल कहाँ हुने हो शनिबार दिउँसोसम्म टुंगो लागेको छैन । स्वीमिङ पुलको प्याराफिट निर्माण चलिरहेको छ ।

वरिपरि फोहोरै फोहोर छ । निर्माणाधीन स्वीमिङ पुलमा कुनै पनि हालतमा प्रतियोगिता सञ्चालन गर्न नसकिने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य बताउँछन् । उनले अर्को स्वीमिङ पुलको खोजी भइरहेको जानकारी पनि दिएका छन् । उनकाअनुसार रंगशालामा अब सम्भावना छैन । त्यहाँ त हुँदै हुँदैन उनले भने ‘यस्तो अवस्थामा कसरी स्वीमिङ गराउने ?’ उनले प्रतियोगिताका लागि अन्यत्र ठाउा खोजिरहेका बताए ।

आठौंमा पौडी खेल हुन्छ तर यो बन्दै गरेको स्वीमिङ पुलमा हुँदैन उनले भने ‘यहाँ सम्भावना नै छैन । अर्कै स्वीमिङ पुलमा हुन्छ । २५ मिटरको स्वीमिङ पुल जहाँ छ त्यहाँ हुन्छ । अहिले हामी खोजिरहेका छौं । भेटिएपछि प्रतियोगिता गराउँला नि ।’ उनकाअनुसार उक्त प्रतियोगिता नेपालगन्जमै हुने तर, भेन्यूमात्र परिवर्तन हुनेछ । निर्माणको जिम्मा लिएको निकाय र प्रतियोगिता आयोजकको ढिलासुस्ती र लापरवाहीले पुर्वाधार समयमै नबनेको उनको भनाई छ ।

Womui
Womui