विदेश जाने युवा घटे, रेमिटेन्स बढ्यो, यस्तो छ कारण

171

छिनछिन खबर
काठमाडौं– चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट पाँच खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ भित्रिएको छ । तर, सोही अवधिमा विदेश जाने युवाको संख भने घटेको छ ।

अन्तिम श्रम स्वीकृती संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जानेको संख्यामा समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ । रेमिटेन्स आम्दानी नेपाली अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा रहँदै आएको छ । अमेरिकी डलरमा आएको बढ्वासँगै रेमिट्यान्स बढेको राष्ट्र बैंकले जनाएको छ । गएको आर्थिक वर्षमा यस्तो आय चार खर्ब ५७ अर्ब ८८ करोड थियो । यस आर्थिक वर्षको दोस्रो चौमासमम्म पाँच खर्ब ८२ अर्ब रुपैयाँ भित्रिएको छ ।

राष्ट्र बैंकले नेपालीले घर पठाउने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम तिनका परिवारले बचत गर्ने गरेको जनाएको छ । खाडी मुलुक र भारतमात्र होइन पश्चिमा मुलुक, जापान र अस्ट्रेलियाजस्ता सम्पन्न राष्ट्रमा अध्ययन र रोजगारीका लागि जाने नेपालीले कमाएको एक चौथाइ रकम ऋण तिर्न प्रयोग हुने गरेको अध्ययनले देखाएको छ ।

Womui
Womui