रसुवागढी र साञ्जेनको आइपिओमा आवेदन खुल्यो, कति पाइन्छ लगानी गर्न ?

189

छिनछिन खबर
काठमाडौं– जलविद्युत् कम्पनीहरुमध्ये सम्भावनायुक्त मानिएका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर (आएपिओ) खुला भएको छ । दुबै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने छन् ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार दुबैको सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था कायम भएको हो । यसअघि प्रकाशित आह्वानपत्रमा भने दुबै कम्पनीले न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने विवरणपत्र प्रकाशन गरेका थिए । पूँजी बजारको पहुँच फराकिलो बनाउन भन्दै बोर्डले चैत २७ गते निर्देशन जारी गरेर सबै सबै सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था लागू गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको थियो ।

रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याइएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । यसैगरी साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणका लागि ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको छ । दुबै कम्पनीको शेयरमा मेरो शेयर तथा लगानीकर्ताको बैंक खाता रहेको सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ ।

Womui
Womui