नेपाली खेलकुदको महाकुम्भको नेपालगन्जमा यसरी गरियो उद्घाटन– ( फोटो फिचर )

206

नेपालगन्ज, बैशाख ५-
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भब्य समारोहका बीच उद्घाटन गरिएको छ । नेपालगन्ज रंगशालामा बिहीबार कार्यक्रमका प्रमुख अतिथी एवम् राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले खेलकुदले सबै जात, धर्म र समुदायलाई एकसुत्रमा बाँध्न महत्वपुर्ण टेवा पुर्याउने बताईन् ।

सो क्रममा प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेल, खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा (सुनार) र राष्ट्रिय खेलकुद परिषदका सदस्य(सचिव) केशवबहादुर बिष्टले मन्तब्य राखेका थिए । उक्त समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधी सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसद, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राखेपका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारी, खेलाडी, अफिसियल, सञ्चारकर्मी, दर्शक लगायत दशौं हजारको उपस्थिती रहेको थियो ।

उद्घाटन समारोहमा मार्चपास, झाँकी प्रस्तुत गर्नुका साथै गीत तथा नृत्य पनि प्रस्तुत गरियो । उद्घाटन शत्रमा नेपालका ओलम्पियनहरुले ओलम्पिक टर्चसहित रंगशाला परिक्रमा गरेका थिए । त्यसक्रममा ओलम्पियन एवम् प्रदेश पाँचका सांसद सुरेन्द्र हमालले दीप प्रज्वलन गरे । उद्घाटन शत्रको अन्त्यमा रंगशाला परिसरमा अतिसवाजी गरिएको थियो । नेपालगन्ज रंगशाला दुलही झै सिंगारिएको छ ।

तस्बिरहरु : लक्ष्मण ढुंगाना

Womui
Womui