राष्ट्रपतिद्वारा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन

37

बाँके– आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगन्ज रंगशालामा भव्य उद्घाटन गरिएको छ । नेपालगन्जस्थित रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन भएको घोषणा गरेही हुन् । २७ गतेदेखि अनौपचिारिक रुपमा खेलकुद प्रतियोगिता सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन बिहिबार मात्रै गरिएको हो ।

प्रतियोगिता उद्घाटन गर्न नेपालगन्ज आएकी राष्ट्रपति भण्डारीले मुलुकको विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताइन् । त्यस्तै, कार्यक्रममा राष्ट्रपतिसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनार, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राखेप सदस्य सचिव केशब कुमार विष्टले आफ्नो कार्यकालमा लगातार दुई पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सफल भएकोमा गौरवान्वित भएको बताए । रासस

Womui
Womui