नेपालको पहिलो भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण, विश्वभरका नेपालीमा खुशीयाली

94

छिनछिन खबर
काठमाडौं–नेपालले पहिलोपटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट अमेरिकाबाट प्रक्षेपण गरेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार अमेरिकाबाट नेपाली भू–उपग्रह अन्तरिक्षमा पठाइएको छ ।

नेपाली भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण भएपछि विश्वभर रहेका नेपालीले खुशीयाली मनाएका छन् । नेपाली स्याट १ नाम राखिएको स्याटेलाइन केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुग्ने भएको छ । बर्डस् ३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू–उपग्रह अन्तरिक्षमा पठाइएको छ ।

सानो आकारको नेपाली भू उपग्रह जापानस्थित नेपाली वैज्ञानिकले निर्माण गरेका हुन् । जसको तौल १ किलो रहेको नेपाली वैज्ञानिक आभाष मास्केले बताए । नेपाल सरकारबाट पहिलो पटक लगानी गरेर आफ्नै भू–उपग्रह अन्तरिक्षमा पठाएको हो ।

Womui
Womui