नेकपा विवादः माधव नेपाललाई पेलेर अघि बढ्दै ओली–दाहाल

111

छिनछिन खबर
काठमाडौं–नेकपाको एकता प्रक्रियालाई अन्तिमरुप दिन पटकपटकको छलफल असफल भएपछि दुई जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल अब माधव नेपाल समूहलाई पेलेरै अघि बढ्ने रणनीतिमा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओली, दाहाल र नेपालबीच छलफल हुँदा कुनै निष्कर्ष निस्केको थिएन ।

दुई अध्यक्षले केन्द्रीय सदस्यको जिम्मेवारी र जिल्ला कमिटीका अध्यक्ष र सचिव तोक्ने प्रस्ताव ल्याएका थिए । दुई अध्यक्षले ल्याएको प्रस्तावमा नेपालले असहमति जनाएका थिए । नेता नेपालले मापदण्ड बनाएर मात्र केन्द्रीय सदस्य र जिल्ला पदाधिकारी तोक्नु पर्ने सर्त राखेका थिए । विधि र प्रक्रियाभन्दा बाहिर गएर केन्द्रीय सदस्य र जिल्ला नेतृत्व तोक्न नसकिने बताएपछि बैठक निस्कर्ष बिहीन बनेको हो ।

अध्यक्ष ओली विधि र प्रक्रियामा गएर नेतृत्व तोक्ने पक्षमा छैनन् । योग्यता र क्षमताको आधारमा केन्द्रीय सदस्य र जिल्ला नेतृत्व चयन गर्ने पक्षमा छन् । जुनियर र आफु निकटका लागि जिम्मेवारी दिने तयारी थालेपछि नेपालले आपत्ति जनाउँदै आएका छन् । नेपालसँग कुनै सहकार्य नै नगरी एकलौटीरुपमा केन्द्रीय सदस्य र जिल्ला नेतृत्व चयन गर्ने पक्षमा ओली र दाहाल पुगेका छन् ।

Womui
Womui