केन्याको डान्सबारेमा नेपाली युवती

47

एजेन्सी
मोम्बासा– नेपाल सरकारले महिलालाई जथाभावी यात्रा नगर्न र खाडीमा घरेलु काममा रोक लगाए पनि तिनै महिला अनेकन जुक्ति निकाल्दै केन्याको डान्सबारसम्म पुग्ने गरेको पाइएको छ । केन्याको एक बारमा प्रहरीले छापा मार्दा १२ नेपाली युवती पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो ।

केन्याको मोम्बासा सहरको न्याली क्षेत्रमा रहेको रङ्गीला बारमा छापा मारी १२ नेपाली युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीलाई उद्धृत गर्दै केन्याको द नेशन अखबारले लेखेको छ । प्रहरीले निकै लामो अनुसन्धानपछि गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी कारवाही गरेको र कारवाही सफल भएको जनाएको छ ।

पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ । तर, उनीहरु कसरी नेपालबाट केन्यासम्म आइपुगे भन्ने विषयमा अझै अनुसन्धान बाँकी नै रहेको जनाइएको छ । प्रहरीले बारका सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने बारका सञ्चालकको क्यानाडाको राहदानी रहेको भएपनि उनी क्यानेडियन नभएको प्रहरीले जनाएको छ ।

केन्याको प्रहरीले यौन धन्दा तथा मावन तस्कर गिरोहलाई लक्षित गरी आगामी दिनमा अझै वृहदस्तरमा कारवाही थालिने जनाएको छ । पछिल्ला दिनमा केन्या, तान्जिनिया जस्ता मुलुकका नेपाली युवतीलाई पु¥याउने गिरोह सक्रिय भइरहेको छ ।

Womui
Womui