ऐश्वर्यालाई बुहारी बनाएपछि कस्तो परिवर्तन आयो अमिताभको जीवनमा ?

142

एजेन्सी
मुम्बई – मेगास्टार अमिताभ बच्चनले आफ्नी एक छोरी पठाएर अर्की छोरीको रुपमा ऐश्वर्यालाई भित्र्याएको बताएका छन् । उनले ‘तपाईंको घरमा ऐश्वर्यालाई बुहारीको रुपमा भिज्ञ्याएर के कुरा परिवर्तन भयो ?’ भन्ने पत्रकारको प्रश्नमा कुनै पनि परिवर्तन नभएको जवाफ दिएका छन् ।

अमिताभ बच्चनसँग गरिएको उक्त कुराकानी जी क्याफे च्यानलमार्फत प्रसारण हुँदैछ । अमिताभले कार्यक्रममा भनेका छन्, ‘ जब नातिनी आराध्या मेरो काम गर्ने कोठामा आउँछिन् । उनले मेरो ‘वर्किङ डेक्स’ फोहोर बनाइदिन्छिन् । किनकि उनी डेक्समा राखिएको कलम चलाउँन मन पराउँछिन् ।

उनी मेरो ल्यापटप खोल्न खोज्छिन् । उनका ती सबै कुराहरु मलाई असाध्यै मन पर्छ ।’ उनले आफ्ना नाति, नातिनीलाई अलि बढी नै माया गर्ने गरेको बताए । उनले उनीहरुलाई माया गर्दा उनका बाबुआमाले विरोध नगरुन् भन्ने पनि चाहेको बताए । उनका अभिषेक र ऐश्वर्याको एक छोरी आराध्या र छोरी श्वेताका दुई सन्तान नाव्या र अगस्त्य छन् ।

Womui
Womui