एकै घरका तीन जनाले गरे सामूहिक आत्महत्या

155

छिनछिन खबर
चितवन– भरतपुर महानगरपालिका वडा नं. १८ चनौलीमा एकै परिवारका तीन जनाले सामूहिक आत्महत्या गरेका छन् । आमा, छोरी र छोराले एकै ठाउँमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

३२ वर्षीय आमा माया आले, १४ वर्षीया छोरी बिनिता र १२ वर्षका छोरा विवेकले पासो लगाई आत्महत्या गरेको चितवनका एसपी सुशीलसिंह राठोरले जानकारी दिए । उनीहरूले किन आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui