त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको सुनसहित ४ पक्राउ

199

छिनछिन खबर
काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद गरिएको छ । थाई एयरलाइन्सको विमानबाट काठमाडौं आउँदै गरेको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुन तस्करी गरेको अभियोगमा प्रहरीले ४ भारतीयलाई समेत पक्राउ गरेको छ । विमानस्थलका एसएसपी सन्दीप भण्डारीका अनुसार पक्राउ पर्नेमा ३ महिला हुन् । ’विभिन्न गहना बनाएर सुन भित्राइएको छ, गहनाको बाहिर भने फलाम लगायतका अन्य धातुको लेप लगाइएको छ’, भण्डारीले भने, ‘सुनको यकिन तौल गर्न बाँकी छ ।

Womui
Womui