त्रिभुवन विमानस्थलको करोडौं बक्यौता उठ्न बाँकी, बक्यौता नतिर्ने हवाई कम्पनीलाई कारबाही होला ?

96

छिनछिन खबर
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई गन्तव्य बनाएर उडान गर्ने १८ वायुसेवा कम्पनी विमानस्थललाई तिनुपर्ने शुल्क नतिरी सम्पर्क विहिन भएका छन् । हाल उनीहरुको सेवा पनि बन्द भइसकेको छ । तर अझैपनि विमानस्थल प्रशासनले बक्यौता रकम अशुल्न सकेको छैन । सेवा बन्द गरेर गइसकेका विदेशी तथा स्वदेशी १८ विमान कम्पनीले विमानस्थललाई २५ करोड ३१ लाख रुपैयाँ बुझाउन बाँकी छ ।


कुन कम्पनीले कति तिर्न बाँकी ?
नेपाललाई तिनुपर्ने बक्यौता रकम सबैभन्दा धेरै गल्फ एयरले तिर्न बाँकी छ । गल्फ एयरले नेपाललाई तिनुपर्ने २ करोड २२ लाख १३ हजार ५४ रुपैयाँ तिरेको छैन । हाल यो वायुसेवा कम्पनी सम्पर्क विहिन छ ।

त्यस्तै किंगफिसर एयरलाइन्सको १ करोड १५ लाख ९७ हजार, एयर सहारा जेटलाइटको ३४ लाख ७८ हजार, पाकिस्तान एयरलाइन्सको २६ लाख ८४ हजार, बहाराइन एयरलाइन्सको २४ लाख ६३ हजार, हङकङ एक्सप्रेसको १९ लाख ६२ हजार, तुई एयरलाइन्सको ९ लाख ५८ हजार, ओरियन्टल थाई एयरवेजको ५ लाख ८९ हजार, सिंगापुर एयरलाइन्सको ५ लाख ५८ हजार, बर्मा एयरवेजको १ लाख ८६ हजार, र्याक एयरवेजको १ लाख ८३ हजार, लुफ्थान्सा एयरको १ लाख ६३ हजार, जीएमजी एयरलाइन्सको १ लाख ६० हजार, स्पाइसजेट एयरलाइन्सको १ लाख १५ हजार, युनाइटेड एयरवेजको १ लाख ६ हजार, कोलोसस एयरको ५७ हजार र अस्ट्रिन एयरलाइन्सको ४३ हजार बाँकी छ ।

विदेशी बाहेक १० वटा आन्तरिक एयरलाइन्स पनि बक्यौता नबुझाई सम्पर्क विहिन भएका छन् । नेपाली एयरलाइन्सले मात्रै विमानस्थललाई बुझाउनुपर्ने बक्यौता रकम ८ करोड ४७ लाख छ । पहिला आन्तरिक उडान भरेर विमानस्थल शुल्क नतिरी सम्पर्क विहिन भएका १० वटा एयरलाइन्समध्ये सबैभन्दा धेरै बक्यौता तिर्न बाँकी नेकोन एयर इन्टरनेसनलको छ । नेकोनले ४ करोड ६३ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै कस्मिक एयरको ३ करोड ३३ लाख बक्यौता छ ।

एयर काष्ठमण्डप, एयर नेपाल, अल्पाइन एयर, गरुण एयर, गोरखा एयर, कर्णाली एयर, मुक्ति एयर, नेपाल एयरवेज र स्काइलाइन एयरवेजले पनि तिन्पर्ने बक्यौता रकम भुक्तानी गरेका छैनन् । वायुसेवा कम्पनीहरुले सेवा शुल्क अन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ, हवाई परिवहन सञ्चालन उपकरण प्रयोग, सुरक्षा, कोठा काउन्टर शुल्कबात रकम बुझाउनु पर्छ ।

Womui
Womui