रोजगारीका लागि जापान जान यस्तो चाहिन्छ योग्यता

141

छिनछिन खबर
काठमाडौं–नेपाल र जापान सरकारबीच नेपाली कामगदार जापानमा रोजगारीको लागि पठाउने सम्झौता भएपछि कैयौं युवायुवती जापान जान पाउने दिन पर्खेर बसको छन् । गत चैत ११ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालस्थित जापानी राजदूत मासामिची साइगोले नेपाली कामदार जापान पठाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।


नेपाल र जापान सरकारबीच सम्झौता भएपनि कामदार लाने प्रक्रिया कहिलेदेखि सुरु हुने भन्ने यकिन भएको छैन । यससम्बन्धी प्रक्रियागत विषयको टुंगो अझै नलागेकोले कहिलेदेखि नेपाली कामदार जापान जान पाउँछन् भन्ने यकिन नभएको हो । नेपाली कामदारको सीप परीक्षण, भाषा परीक्षा, भर्ना प्रक्रिया जस्ता विषय दुबै देशको संयुक्त समितिले तय गर्ने भनिएकोले त्यसको काम बाँकी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख दीपक ढकालले बताए ।

‘सीप परीक्षण, भाषा परीक्षा, भर्ना प्रक्रिया जस्ता विषयहरु दुबै देशको संयुक्त समितिले तय गर्ने भनिएको छ, यसको मोडालिटी बनिनसकेकोले यो बेलादेखि जापान जाने प्रक्रिया सुरु हुन्छ भन्ने किटान गर्न सक्ने अबस्था अहिले नै छैन,’ ढकालले भने । जापानले आफ्नो १४ क्षेत्रमा नेपालसहित ९ देशबाट कामदार लिने यसअघि नै घोषणा गरिसकेको छ । कामदारको अभाव भएपछि जापानले नेपाल सहितका ९ देशबाट कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ लगायतका क्षेत्रमा कामदार लिने भएको छ । यस्ता कामदारले जापानमा ५ बर्षको लागि वर्किङ भिषा पाउने छन् । प्रक्रियागत विषय टुंगो लाग्न बाँकी भएकाले अझै कामदार पठाउने प्रक्रिया तीन महिनापछि सुरु हुने बताइएको छ ।

यस्तो चाहिन्छ जापान जाने योग्यता
श्रम मन्त्रालयको बैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख ढकालका अनुसार नेपाली बेरोजगार युवाले जापानमा रोजगारी पाउने होइनन् । जापानले दक्ष कामदार लिने हो ।

यसको अर्थ अहिले काम गरिरहेका तथा सम्बन्धित क्षेत्रमा दक्षता हासिल गरेका कामदारले जापान जाने अवसर पाउँछन् भन्ने हो । यसका साथै जापान जानको लागि जापानी भाषाको ज्ञान अनिवार्य गरिएको छ । जापानले ‘एनफोर स्ट्याण्डर्ड’ को भाषा ज्ञान अनिवार्य भनेको छ ।

‘जापानी भाषा जानेको भरमा जापान जान पाइने भन्ने हुदै होइन, भाषा जानेको पनि हुनु प¥यो र सम्बन्धित काममा दक्षता भएको पनि हुनुप¥यो अनि मात्र जापान जान पाइन्छ,’ ढकालले भने ।

Womui
Womui