परीक्षा स्थगित भएपछि सप्तरीमा तनाव बढ्यो, राज्यमन्त्रीको गाडीमा तोडफोड

49

छिनछिन खबर
जनकपुर– एसइई परीक्षा स्थगित भएपछि प्रदेश नम्वर २ का बिद्यार्थी आन्दोलनमा उत्रेका छन् । प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले प्रदेश नम्वर २ मा दुईमा परीक्षा स्थगित गरेको छ ।

परीक्षा स्थगित गरेको भन्दै बिद्यार्थीहरु आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पुत्ला जलाएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गरिएको छ । गाडीमा तोडफोड गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा रद्द गरिएको छ ।

शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र पनि एक दिन अगाडि नै बाहिरिएको थियो । लगातार प्रश्नपत्र बाहिरिएपछि सरकारले छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी )लाई जिम्मा दिइसकेको छ । परीक्षा स्थगित भएपछि सप्तरी, सिराहमा विद्यार्थीहरुले बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । मुल सडक अबरुद्ध भएपछि सयौ सवारी साधन बाटोमै रोकिएका छन् ।

Womui
Womui