सडक खन्दा चाँदी र तामाका सिक्का भेटिए

77

धम्बोझी– बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए ।

सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीले जनाएको छ । १३ औं देखि १७ औं शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने अनुमान गरिएको छ ।
‘नयाँ मुलुक’ बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ । सडक खन्ने क्रममा चाँदीका केही सिक्का गाउँलेले लगेका छन् । तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ । रासस

Womui
Womui