पूर्व एसपी डिल्लीराज बिष्टद्वारा अदालतमा आत्मसमर्पण

45

छिनछिन खबर
महेन्द्रनगर– कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्टले जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि बिष्ट मंगलबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् ।

लामो समयदेखि सम्पर्क बिहीन बिष्ट अदालतमा उपस्थित भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । उनका अनुसार बिष्टको बयान लिने तयारी भएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा अपराधी पक्राउ पर्न नसक्दा अनेक आंशका जारी छन् । प्रहरीले अपराधीलाई पक्राउ गर्न नसक्दा तीव्र रुपमा विरोध भइरहेको छ ।

Womui
Womui