विप्लवसहित नेकपाका नेता, कार्यकर्ताप्रति निगरानी राख्न सबै जिल्लामा निर्देशन

29

छिनछिन खबर
काठमाडौं–सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई निगरानी राख्न सबै जिल्लामा निर्देशन दिएको छ ।
सरकारले विप्लव समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णयपछि गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कारबाही गर्नका लागि त्यस्तो निर्देशन दिएको हो । त्यस्तो निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना गतिविधि बढाएका छन् ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले नेपाल प्रहरीका ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाइएको बताए । उनले सरकारले प्रतिबन्ध लगाएको समूह आपराधिक समूह हुने भएकाले देशभरका प्रहरी युनिटलाई पक्राउका लागि परिपत्र गरिएको जानकारी दिए । सरकारले त्यस्ता समूहसँग प्रत्यक्ष र अप्रत्यक्ष संलग्न हुने व्यक्ति, संस्था र समूहलाई पनि कारवाही गर्ने निर्णय गरेको छ । विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारी निष्कर्ष छ ।

गृह मन्त्रालयले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ । विगतमा चन्दा आतङ्कदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारवाहीका घटनामा विप्लव समूह संलग्न रहेको प्रहरीको भनाइ छ ।

Womui
Womui