मकवानपुरगढीमा जन्ती बस दुर्घटना, २ जनाको मृत्यु

147

छिनछिन खबर
हेटौँडा,फागुन २८ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानी नजिक जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भई हाल बालाजु बस्ने २१ वर्षीय विकास धमला र काभ्रे ज्याम्दी घर भई भक्तपुर बोडे बस्ने ३० वर्षीय नवराज परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस धरमपानी नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी १३ जना घाईते भएका छन् भने ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।

Womui
Womui