मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री ओली

61

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने तयारीमा जुटेका छन् । लगानी सम्मेलन हुनुअघि नै ओली मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारीमा लागेको एक मन्त्रीले बताए । सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको भन्ने आलोचना बढ्दै गएको समयमा प्रधानमन्त्री ओली कामलाई गति दिन केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने तयारीमा जु्टेको ती मन्त्रीले बताए ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका रबीद्र अधिकारीले सम्हाल्दै आएका संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्रालय अहिले प्रधानमन्त्री ओलीसंगै रहेका मन्त्रीलाई जिम्मेवारी दिने बताइएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ लगायत केही मन्त्रीहरुको जिम्मेवारी हेरफेरमा ओली लागेका छन् । बालुवाटार श्रोतका अनुसार स्वास्थ्यमन्त्री यादवलाई परराष्ट्र, परराष्ट्र मन्त्री ज्ञवालीलाई सूचना वा स्वास्थ्थ मध्ये एक, संचारमन्त्री बास्कोटालाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको जिम्मेवारी यकिन भएपछि केही दिनमै मन्त्रीमण्डल पुनर्गठन हुन्छ स्रोतको भनाइ छ । रिक्त रहने एक पदमा मन्त्रीको लागि योगेश भट्टराईको नाम चर्चामा छ ।

Womui
Womui