महिलाको कथा सुन्ने धैर्य छैन !

217

मानुषी यमी भट्टराई (संयोजक, नयाँ शक्ति पार्टी काठमाडौंं)
मि टू अर्थात् म पनि । आफूले भोगेका यौन हिंसा, दुर्व्यवहार र शोषणका घटना बाहिर ल्याउन महिलालाई प्रेरणा र साहस दिने यो अभियान अहिले नेपालमा पनि चलिरहेको छ । सुरुमा रस्मीला प्रजापति र उज्ज्वला महर्जनले आफूलाई यौन दुर्व्यवहार गर्ने काठमाडौंका पूर्व मेयर केशव स्थापितको नाम सार्वजनिक गरे । उनीहरूले पहिले पनि आफ्नो पीडा प्रकट गरेका रहेछन् । तर, त्यसबेला उनीहरूको कुरा सुन्ने–बुझ्ने कोही भइदिइएन । मि टूका कारण यसपालि भने उनीहरूको सार्वजनिक अभिव्यक्तिले चर्चा पायो । हाम्रो कथा सुन्नुअघि नै हाम्रो समाजको मस्तिष्कमा अर्कै धारणा बनिसकेको हुन्छ र त्यही नजरले हाम्रो कथा हेर्छन्–बुझ्छन् ।

पत्रकार सुविना श्रेष्ठ, पूर्व पत्रकार मीना कैनी र आकांक्षा कार्कीलगायतले पनि आफूमाथि र आफ्नो कार्यालयभित्र भएका यौन दुर्व्यवहारका घटना बाहिर ल्याए । तर, उनीहरूले आफ्ना पीडकको नाउँ सार्वजनिक गरेनन् । मि टू अभियानले हलचल चाहिँ त्यो बेला ल्यायो, जब त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र–मानवशास्त्र विभागका पूर्व प्राध्यापक एवं जनजाति आन्दोलनका चर्चित अगुवा डा। कृष्ण भट्टचनको नाउँ समेत यसमा मुछियो । सुरुमा डा. भट्टचनको नाउँ गोप्य नै थियो । त्रिभुवन विश्वविद्यालयका तीन छात्राले केबल एक प्राध्यापकले थेसिसको बहानामा घर बोलाएर आफूहरूको इच्छाविपरीत आफूहरूलाई छुने, पेन ड्राइभमा सुटुक्कै अश्लिल भिडियो हालिदिने र कुराकानीमा अश्लिल शब्द प्रयोग गर्ने जस्ता बिवरणहरू मात्रै बाहिर ल्याएका थिए ।

म माइक्रो बस चढेर कीर्तिपुर जान्थेँ । मलाई तीन पुरुषहरू सधैं पछ्याउँथे । सँगै होइन, छुट्टाछुट्टै । माइक्रो बसदेखि लिएर क्याम्पस परिसर, स्ववियुको कार्यालय हुँदै बालुवाटारसम्मै पछ्याउँथे । अश्लिल म्यासेजहरू पठाउँथे । मध्यराति दुई–तीन बजेतिर पनि फोन गर्थे । ती तीन छात्रा समाजका प्रतिष्ठित भनाउँदा ब्यक्तिविरुद्ध अगाडि आइहाल्ने अवस्था नरहनु अस्वभाविक थिएन । ममाथि यौन हिंसा–अन्याय भयो भनेर सहानुभुति पाउने अवस्था नेपाली समाजमा अझै नरहेको उनीहरूको बुझाइ छ । हामीले नयाँ शक्ति पार्टीका तर्फबाट त्यो घटनामा हस्तक्षेप गर्ने कोशिस नगरेको होइन, तर उनीहरू त्यसबेला पीडकको नाउँ सार्वजनिक गर्न मानसिक रुपमा तयार थ्एिनन् । हामीले कर गर्नु पनि उचित ठानेनौँ । महिलाहरूले भोग्ने यौन हिंसा र दुर्व्यवहारका विभिन्न आयामहरू हुन्छन् ।

बलात्कारको घटनाले धेरै चर्चा पाउँछ । पीडितले सहानुभूति र समर्थन पनि पाउँछ । तर, महिलाले घरभित्रै पनि हिंसा भोगिरहेका हुन्छन्, जुन हत्तपत्त बाहिर आउँदैन । त्यस्ता घटना पुष्टि गर्न पनि धेरै गाह्रो हुन्छ। कानूनलाई प्रमाण चाहिन्छ । तर, घरभित्रै हुने वा अन्य प्रकारका यौन हिंसाका घटनामा प्रमाण जुटाउनु अत्यन्तै मुश्किल पर्छ । यो जान्दाजान्दै पनि आफूले भोगेका पीडा बाहिर ल्याउने महिलाहरू वास्तवमै साहसी हुन्। यस्तो साहस जुटाउने महिलालाई साथ दिनु सबैको कर्तव्य हो । मि टू कुनै संगठित आन्दोलन होइन । यो कसैको नियन्त्रणमा पनि छैन, न त कोहीद्वारा निर्दे्शित नै । हामी आन्दोलन भन्ने बित्तिकै सडक प्रदर्शनलाई बुझ्छौँ । मि टू फरक आन्दोलन हो । यसका आन्दोलनकारीहरू सडकमा आउँदैनन् । उनीहरूलाई जोश भन्दा पनि साहस र नैतिक बल आवश्यक पर्छ । अरु आन्दोलन सडकमा हुन्छ । मि टू चाहिँ सामाजिक सञ्जालमा भइरहेको छ । अहिले नेपालमा ९५ लाखभन्दा बढी मानिस फेसबुकमा छन् । झण्डै २३ लाखले ट्वीटर र ३८ लाखभन्दा बढीले यूट्यूब चलाउँछन् । सामाजिक सञ्जाल र प्रविधिको यो युगमा महिला आन्दोलनको स्वरुप पनि परिवर्तन भएको छ ।

. . . . र, म पनि
मेरा बुबा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला म पनि उहाँसँगै बालुवाटार बस्थेँ । त्यसबेला म त्रिभुवन विश्वविद्यालयको स्ववियु सचिव पनि थिएँ । म माइक्रो बस चढेर कीर्तिपुर जान्थेँ । मलाई तीन पुरुषहरू सधैं पछ्याउँथे । सँगै होइन, छुट्टाछुट्टै । माइक्रो बसदेखि लिएर क्याम्पस परिसर, स्ववियुको कार्यालय हुँदै बालुवाटारसम्मै पछ्याउँथे । अश्लिल म्यासेजहरू पठाउँथे । मध्यराति दुई–तीन बजेतिर पनि फोन गर्थे । एक जना होइन, दुई जना होइन, तीन जनासँग कसरी डिल गर्ने रु यस्तो बेला हामी महिलाले अपनाउने सबैभन्दा सजिलो प्रतिरोधको उपाय भनेको तिनको नम्बर ब्लक गर्नु नै हो । तर, नम्बर ब्लक गरेर पनि त्यस्तो समस्यालाई पन्छाउन नसकिने रहेछ । उनीहरू फेरि अर्को नम्बरबाट फोन गरी सताउन थाल्दा रहेछन् । अरु के उपाय अपनाउनु त रु त्यसबेला के गर्ने, कसो गर्ने हुँदो रहेछ । त्यसबेला मलाई राति निद्रा लाग्दैन थियो । कतिबेला कसले फोन गरेर के भन्ने हो भन्ने भय मनमा भइरहन्थ्यो ।

स्ववियु बैठक चलिरहेकै बेला मलाई यस्ता सन्देशहरू आउँथे । म तिनलाई बेवास्ता गर्न खोज्थे । तर, यस्ता विषयमा सोच्दै सोच्दिनँ भनेर पन्छिन खोजे पनि नसकिँदो रहेछ । मैले आफैसँग सोधेँ – किन मलाई यस्तो भइरहेको छ रु किन उनीहरू मलाई पछ्याउँछन् रु एक महिला विद्यार्थी राजनीतिक अग्रपंक्तिमा आएको तिनले पचाउन नसकेको हो रु के त्यही कारणले पाइला पाइलामा मलाई बाधा पुर्‍याउन खोजेको हो र ? आफूले भोगिरहेका समस्याबारे मैले खुलेर बोल्न सकिनँ । आफ्नो संगठनभित्र यो कुरा नराखेको होइन, तर सबै गलल हाँस्थे । मेरो पीडालाई मजाक बनाउँथे । मलाई पिछा गर्नेहरू हाम्रै केन्द्रीय कार्यालयसम्म आउँथे । हाम्रै नेताहरू तिनलाई सोफामा राखेर मजाले गफ गर्थे । नेताहरूलाई थाहा थियो, तिनले मलाई अनावश्यक दुःख दिँदैछन् भन्ने । तर, उनीहरूले मेरो मर्म बुझेनन् । प्रधानमन्त्रीकै छोरी हुँदा त मैले यस्तो सहनु परेको थियो भने अरु महिलाको हालत के होला रु मसँग एक प्रहरी पनि हिंड्थे । तर, उनको केही लागेन । अति नै भएपछि मैले प्रहरीको हनुमानढोका स्थित साइबर अपराध शाखामा उजुरी दिए ।

त्यसको प्रतिक्रिया हाम्रो समाजले कसरी दियो होला भन्ने अनुमान गर्न सक्नुहुन्छ ? उजुरी गरेको भोलिपल्ट मलाई पत्रकारको फोन आयो । अनि, पहिलो पेजमा समाचार आयो – प्रधानमन्त्री पुत्रीलाई प्रेम प्रस्ताव राख्दा थुनामा । हाम्रो समाजले दिने प्रतिक्रिया यही हो । मलाई लाग्छ – हाम्रो कथा सुन्ने धेर्य हाम्रो समाजसँग छैन । हाम्रो कथा सुन्नुअघि नै हाम्रो समाजका अधिकांश सदस्यको मस्तिष्कमा अर्कै धारणा बनिसकेको हुन्छ । उनीहरू त्यही नजरबाट हाम्रो कथालाई हेर्छन् । तैपनि, मिटू अभियानले एक किसिमको चेतना भने पक्कै ल्याएको छ । आफूले भोगेका हिंसा, दुर्व्यवहार र शोषणका घटना दबाउनुको सट्टा त्यसलाई बाहिर ल्याएर पीडकको सामना गर्नुपर्छ भन्ने चेतना यो अभियानले धेरै महिलालाई दिएको छ ।

(नारी दिवसको अवसरमा नयाँ शक्ति पार्टीद्वारा आयोजित कार्यक्रममा सो पार्टीका काठमाडौं संयोजक मानुषी यमी भट्टराईद्वारा व्यक्त विचारको सम्पादित अंश)

Womui
Womui