डा. केसीले प्रधानमन्त्रीलाई दिए चेतावनी

27

छिनछिन खबर
काठमाडौं , २३ फागुन । डा. गोविन्द केसीले आफूलाई बादशाह नसम्झन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । गणतन्त्र ल्याउने क्रममा राजासमेत फालेको जिकिर गर्दै उनले उस्तै परे ओलीलाई समेत फाल्ने बताए । बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरी डा. गोविन्द केसीले पीडा दिने व्यक्ति नै सरकारमा बसेर उन्मुक्ति पाउन जालझेल गरिरहेको बताए । ‘ओलीजीले आफूलाई बादशाह नसम्झे हुन्छ । राजा फालिसक्यौ, रानी फालिसक्यौं । उस्तै परे बादशाह पनि फालिन्छ’, डा. केसीले भने ।

सरकार अहिले पनि सचेत नभए १८औं अनसन बसन पछि नपर्ने डा. केसीले बताए । १६ औं अनसनका क्रममा सरकारले तपाईलाई गलायो भन्ने सुनिन्छ नि त भन्ने प्रश्नमा डा. केसीले भने, ‘प्रचण्ड तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई कुनै पनि हालतमा गलाउन सक्दैनन् । उनीहरुले मलाई गलाएको हो भन्छन् भने पनि मलाई गलेको नठान्नुन् । किनकी म कुन बेला अनसन बस्छु थाहा छैन ।’ द्वन्द्वकालीन मुद्दाको हकमा जघन्य अपराध गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने उनले बताए । डा. केसीले भने, ‘पिडकलाई उन्मुक्ति दिए देशमा दण्डहिनता, अराजकता बढ्न सक्छ । त्यसैले, अन्तराष्ट्रिय कानुन अनुसार कारवाही हुनुपर्छ ।

Womui
Womui