अमेरिकामा शक्तिशाली तुफान, २५ जनाको मृत्यु

119

एजेन्सी
न्युयोर्क–संयुक्त राज्य अमेरिकाको अलाबा राज्यमा शक्तिशाली तुफान आएको छ । सोही तुहानमा कारण २५ जनाको ज्यान गएको छ । अलाबा राज्यको ली काउन्टीमा आएको तुफानले विध्वंस मच्चाएको सथनीय सञ्चार माध्यमले जनाएका छन् । तुफानले घर तथा भवन भत्काएको र भग्नावशेषमा स्थानीय बासिन्दा फसेको जनाइएको छ ।

भग्नावशेषमा फसेकाहरुको उद्धार गरी अस्पताल लैजाने काम भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । अलाबामाका गभर्नर के आइभीले आउँदा दिनमा मौसम थप खराब हुन सक्ने बताएका छन् । तुफानमा हावाको गति २२६ किलोमिटर प्रति घण्टा पुग्ने क्षमता छ ।

Womui
Womui