भरतमोहनलाई दिए तीन छोरीले दागबत्तिः मदन भण्डारी र मनमोहनलाई जलाएको घाटमा अन्त्येष्टि

137

छिनछिन खबर
काठमाडौं,फागुन १९ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए ।अधिकारीलाई आइतबार आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको घाटमा अन्त्येष्टि गरिएको हो ।

अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए ।अधिकारीको अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

Womui
Womui