कब्जामा लिइएका भारतीय वायु सेनाका पाइलट पाकिस्तानले फिर्ता गर्ने

133

छिनछिन खबर
काठमाडौं,फागुन १६ । हवाइ कारबाहीपछि आफ्नो कब्जामा लिएका भारतीय वायु सेनका पाइलटलाई पाकिस्तानले फिर्ता गर्ने भएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमानका चालक अभिनव वर्तमानलाई फिर्ता गरिने बताएका हुन्। उनलाई भोलि छाडिने छ।बिहीबार संसद्‌मा बोल्दै खानले शान्तिका संकेतका रुपमा पाइलट वर्तमानलाई छाड्ने निणर्य गरेको जानकारी दिए।

उनले भने, ‘शान्तिको सङ्केतका रूपमा उनलाई भोलि मुक्त गरिने छ।’ भारत र पाकिस्तानबीच बुधबार भएको हवाइ आक्रमणमा भारतीय वायुसेनाका पाइलटलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो।भारतले उनलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको थियो। भारत र पाकिस्तानबीच चुलिँदो तनावलाई मत्थर पार्न ती विमानचालकलाई मुक्त गर्न लागिएको खानले बताए।

Womui
Womui