प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत, यस्तो छ उनीहरूको काम

166

छिनछिन खबर
काठमाडौं– कलाकाहरू प्रियंका कार्की र आयुष्मान देशराजलाई खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । उनीहरूलाई महिला महिनावारी हुँदा भोग्नु परेका समस्या सम्बन्धी जनचेतना जगाउने जिम्मेवारी दिइएको छ ।

मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका र आयुष्मानबीच भएको सहमति अनुसार उनीहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो । खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवैलाई हस्तान्तरण गरेकी छिन् । महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेसनले यो अभियान सुरु गरेको मन्त्री मगरले बताइन् । उनले महिनावारी हुँदा महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबैले सकारात्मक सोच राख्नुपर्नेमा जोड दिइन् ।

प्रियंका र आयुष्मानको जोडीले पहिलो चरणमा धनुषाबाट यो अभियानको सुरुवात गर्ने जानकारी दिएका छन् ।

Womui
Womui