नख्खु बम काण्डका मुख्य अभियुक्त सूर्य भुजेल पक्राउ

107

छिनछिन खबर
काठमाडौं– प्रहरीले नख्खु बमकाण्डका मुख्य अभियुक्त सूर्य भुजेललाई पक्राउ गरेको जनाएको छ । प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट उनलाई पक्राउ गरेको जनाएको हो ।

उनी कलंकीस्थित एक घरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको हो । ललितपुरको नख्खुमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराइएको थियो । विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका थिए ।

बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको थियो । बम विस्फोटको घटनापछि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने शंकास्पद व्यक्तिहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले नेत्रविक्रम माओवादीका नेता, कार्यकर्ता पक्राउ गर्न देशभरि नै निर्देशन जारी गरेको छ ।

Womui
Womui