कर नतिर्नेको सम्पत्ति जफत गर्ने कानुन बनाउने तयारीमा सरकार

23

छिनछिन खबर
काठमाडौं– लामो समयसम्म कर नतिर्ने करदाताको सम्पति नै लिलाम गरी कर असुल गर्ने तयारी सरकारले गरेको छ । कर असुलीमा कमजोर हुँदै गएपछि सरकारले यस्तो तयारी गरेको हो । कानुन अनुसार कर नतिरे सम्पत्ति लिलाम समेतको प्रक्रिया अघि बढ्ने अर्थ मन्त्रालयले जनाएको छ ।


अर्थमन्त्री डा. युवराज खतिवडा त्यसैले उनी जसरी पनि लक्षित कर उठाउने तयारीमा छन् । लक्षित राजस्व उठाउन उनले समय समयमा राजस्व उठाउने सबै मन्त्रालय तथा उनी मातहतका कार्यालयलाई दवाव दिँदै आएको मन्त्रालयका एक अधिकारीले बताए ।

आयकर ऐन–२०५८ ले कर कार्यालयमा दर्ता भएका सवै करदातालाई आफै कर निर्धारणको सुविधा दिएको छ । यसरी निर्धारण भएको करमा शंका लागे मात्र सरकारले कर निर्धारण गर्दै आएको छ। सरकारले निर्धारण गरेको करमा करदाताले कर चित्त नबुझाए पुनरावलोक गर्ने सकिने व्यवस्था गरिएको छ । आन्तरिक राजस्व विभागका अनुसार केही समयपछि बक्यौता कर असुलीको प्रकृया सुरु हुनेछ ।

विभागका अनुसार अहिलेसम्म एक खर्ब ४६ अर्ब कर बक्यौता रहेको छ । चालु आवको सात महिनासम्म लक्षित भन्दा ३७ अर्ब ५५ करोड कम राजस्व उठेपछि अर्थ मन्त्रालयले सो कदम चालेको हो । राजस्व असुलीमा आर्थिक वर्ष लागेदेखिनै आक्रमक देखिएको अर्थ मन्त्रालयले यस अवधिसम्म आइपुग्दा शिक्षा कर र अन्य करमात्रै लक्ष्य भन्दा बढी उठाउन सकेको छ । सो अवधिमा ४५ करोड शिक्षा कर उठाउने लक्ष्य दिएको सरकारले यो अवधिमा ७१ करोड कर असुल गरेको छ। नौ अर्ब ६५ करोड अन्य कर शीर्षकबाट कर उठाउने भनिएपनि सात महिनाको यो अवधिमा १६ अर्ब २९ करोड असुली भएको छ ।

सरकारले उठाउने मुख्य करका शीर्षकमा लक्ष्य अनुसार राजस्व असुली हुन सकेको छैन । यस अवधिमा भन्सार महसुलदेखि अप्रत्यक्ष कर (मूल्य अभिवृद्धि कर) र प्रत्यक्ष कर (आयकर), अन्तःशुल्क समेत घटेको छ । सरकारको चालु आवको सात महिनासम्म चार खर्ब ९२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो । यस अवधिमा चार खर्ब ५५ अर्बमात्र राजस्व असुली भएको छ ।

Womui
Womui