‘लुट्न सके लुट कान्छा’ बोलको गीत रातारात हटाउन बाध्य भए पशुपति शर्मा

140

छिनछिन खबर
काठमाडौं– देशको विद्यमान अवस्था चित्रित हुने गरी गायक पशुपति शर्माले सार्वजनिक गरेको व्यंग्यात्मक ‘लुट्न सके लुट कान्छा..’ बोलको गीत युट्युबाट हटाइएको छ ।

सार्वजनिक भएको २४ घण्टा नवित्दै रातारात हटाइएपछि शर्मालाई त्यस्तो गर्न बाध्य पारिएको अनुमान छ । यद्यपि शर्माले भने गीत सार्वजकि गरेकोमा माफी मागेका छन् । गीतमा भ्रष्टाचारलाई केन्द्रबिन्दु राखिएको छ । शुक्रबार युट्यूबमाफर्त सार्वजनिक गरेको गीत शनिवार रातिदेखि हटाइएको छ । ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ व्यङ्ग्यात्मक शैलीमा निर्माण गरिएको गीत सार्वजनिक हुँदा नै निकै चर्चामा आएको थियो ।

सरकार विरोधी दल र समूहले यसलाई ठूलो हतियारका रुपमा प्रयोग गर्ने योजना बनाएका थिए भने सरकारमा रहेको नेकपाले आपत्ति जनाएको थियो । राष्टपतिको हेलिकप्टरदेखि वाइडबडी विमान खरिदसम्ममा भएको भ्रष्टाचारलाई गीतको बिषय बनाइएको थियो । गायक शर्माले गीतका कारण केही समुदाय र ब्यक्तिमाथि पर्न गएको असरप्रति माफी मागेका छन् ।

Womui
Womui