भूकम्पको केन्द्रविन्दु कीर्तिपुर आसपास

21

छिनछिन खबर
काठमाडौं– शनिबार ८ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको केन्द्रविन्दु काठमाडौंके कीर्तिपुर नगरपालिका आसपास केन्द्रबिन्दु रहेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चार रेक्टर स्केलको भूकम्प जाँदा काठमाडौं हल्लिएको थियो । उपत्यकाभित्रै केन्द्रविन्दु भएकाले धेरै त्रसित भएका थिए ।


केन्द्रका प्रमुख लोकविजय अधिकारीले यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको बताए । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसअघि गत माघ ८ गते काठमाडौंको थापाथली केन्द्रबिन्दु भई ३.३ रेक्टरको परकम्प गएको थियो ।

२०७२ वैशाख १२ को ७.६ रेक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म पाँच सय पराकम्पन गइसकेका छन् ।

Womui
Womui