भारतबाट ३३ किलो सुनसहित दुई नेपाली समातिए

61

छिनछिन खबर
काठमाडौं, मंसिर २९ । भारतको कोलकात्तामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् । गृह मन्त्रालयले ३३ किलो सुनसहित भारतबाट दुई नेपाली पक्राउ परेकोबारे पुष्टि गरेको छ । गृहका अनुसार पक्राउ पर्नेमा इटहरीका हेमप्रसाद शर्मा र राकेश प्रसाद रहेका छन् । ती दुवैलाई भारतको डाइरेक्टटोरेट रेभिन्यू इन्टेलिजेन्स ब्युरोले एक साताअघि पक्राउ गरेको गृहका एक अधिकारीले छिनछिन खबरलाई जानकारी दिए ।


ब्युरोले दिल्ली–कोलकाता राजमार्ग्स्थित दनकुनी प्लाजाबाट मारुती स्वीफ्ड गाडी नियन्त्रण लिएर सुन बरामद गरेको बताइएको छ । त्योसुन गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको हुन सक्ने गृहका ती अधिकारीले आशंका व्यक्त गरे । स्रोतका अनुसार पश्चिम बंगाल अहिले सुन तस्करीको ‘ट्रान्जिट’ बनेको छ । विमानस्थलबाट गायब पारेको उक्त सुन मोरङ उर्लाबारीका चूडामणि उप्रेतीको भएको दाबी गरिएको छ । सुन प्रकरणमा उनीसहित ६३ जनाविरूद्ध अदालतमा मुद्दा चलिरहेको छ ।

Womui
Womui