लागुऔषध कारोबारमा संलग्न ३ जना पक्राउ

110

छिनछिन खबर
काठमाडौं,मङ्सिर २५ ।प्रहरीले लागुऔषध कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।

लागुऔषध डाईजेल्याब २ सय एम्पुल, बुप्रेनुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुलसहित बाराकी पुनमकुमारी सहनी, पर्साका नरेश सहनी र पर्साकै सुवास सहनीलाई वीरगंजमा पक्राउ गरी काठमाडौं ल्याइएको जानकारी गराएको हो।प्रहरीको वान्टेड सूचीमा रहेका तीनै जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यले जानकारी दिए।’भारतबाट लागुपदार्थ नेपाल भित्र्याउने र यहाँबाट अन्य मुलुकमा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ’, लागू औषध नियन्त्रण ब्युरोका प्रमुख दिनेश अमात्यले भने।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Womui
Womui