प्रदेश नम्बर २ मा २५ र २६ गते सार्वजनिक विदा

57

छिनछिन खबर
जनकपुर, मंसिर २४ । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मंसिरर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे हो । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको जनाएको छ । विवाहपञ्चमीमा सहभागी हुन हजारौँ भारतीय समेत जनकपुर आएका छन् ।


भारतको रामजन्मभूमि अयोध्याबाट ३५० को संख्यामा जन्ती जनकपुरधाम आइपुगेका छन् । जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीलाई भव्यरुपमा मनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा २५ र २६ गते जनकपुर शहरमा दीपावली मनाउन सर्वसाधरणलाई आग्रह गरिएको छ । उपमहानगरपालिकाभित्रको सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरी भव्यरुपमा दीपावली मनाउन आग्रह गरिएको छ ।

Womui
Womui