दुई किलो सुनसहित निमा दोर्जे पक्राउ

137

छिनछिन खबर
काठमाडौं, मंसिर २४ । चीनबाट नेपाल तस्करी गरेर ल्याइँदै गरेको दुई किलो सुनसहित भरियालाई रसुवा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले गोसाइँकुन्ड गाउँपालिका–१ का ३७ वर्षीय निमा दोर्जेलाई धुन्चेबाट पक्राउ गरेको जनाएको छ ।


दोर्जे सुन लिएर टाटा सुमोमा काठमाडौं आउने क्रममा पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा दोर्जे चढेको टाटा सुमोलाई रोकेर चेकजाँच गरी प्रहरीले सुनसहित समातेको थियो ।

Womui
Womui