न्यायका लागि न्यायाधीश पत्नी ललिताको हारगुहार

90

छिनछिन खबर
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी पत्नी ललिता कुमारी राउतले श्रीमानबाट पीडित भएको गुनासो गरेकी छन् ।
ललिताले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले श्रीमानबाट अन्याय खेप्नुपरेको गुनासो गरिन् । उनका अनुसार प्रकाशमानसँग २०६१ मंसिरमा विवाह भएको हो । बिहेपछि भने प्रकाशमानले बच्चा पाउने चाहना नगर्दा आफू पीडित भएको उनको भनाइ छ । ‘श्रीमानबाट बच्चा हुन पाउने चाहना पूरा हुन नसकेपछि ा दाजुभाउजूका बच्चा मागेर पालेकी हुँ ।’ बच्चाको जन्मदर्ता गराउनुपर्ने बेला बाबुको नाम चाहिँदा प्रकाशमान सिंह राउत र आमा ललिता कुमारी राउतको नाम दिएएको उनले बताइन् ।


ललिताले जारी गरेको प्रेस विज्ञप्तिमा आफूमाथि भएको अन्यायलाई वास्तविक बुझी छानविन गरी, दोषीलाई कारबाही गरी कानूनबमोजिम पाउनुपर्ने अधिकार तथा न्यायको माग गरेकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको श्रीमती भएर पनि म एक निर्दोष महिलामाथि यति ठूलो अन्याय हुन्छ भने सर्वसाधारण नागरिकहरुले न्यायको आशा कसरी गर्न सक्लान ? न्याय माग्दा आफ्नो पदीय शक्तिको दुरुपयोग गरी सरकारका निकायलाई गलत प्रयोग गर्न लगाई आफू र आफ्ना  दाजु भाउजूसहितलाई २२ दिनसम्म इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा किन राखियो ? भन्दै उनले प्रश्नसमेत गरेकी छिन् ।

Womui
Womui