सामाजिक सुरक्षा कोष कार्यान्वयनको चरणमा, झण्डै दुई सय रोजगारदाता सूचिकरण

38

छिनछिन खबर
काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यन्वयनको चरणमा गएको छ । घोषणा भएको एक हप्तामै झण्डै दुई सय रोजगारदाता सूचिकरणको प्रक्रियामा सामेल हुन आवेदन दिएका छन् । गत मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाको शुभारम्भ गरेका थिए । मंसिर २० गतेसम्ममा १९४ रोजगारदाता सूचिकरण प्रकृयामा सामेल भएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिए ।


रोजगारदाताले आफू दर्ता भएको तीन महिनाभित्र आफ्नो प्रतिष्ठान वा संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण गरिसक्नुपर्ने छ । कोषले सबै रोजगारदातालाई सूचिकरण हुन आग्रहसमेत गरेको छ । देशभरि दर्ता भएका साना, मझौता तथा ठूलो उद्योग, प्रतिष्ठानको संख्या ९ लाख २२ हजार छ । ती प्रतिष्ठानमा करिब ३४ लाख श्रमिकले काम गर्छन् । कोषले सुरु गरेको योजनामा सहभागी हुनेले स्वास्थ्य, दूघर्टटना, मातृत्व तथा वृद्धावस्था सुरक्षा जस्ता कार्यक्रम छन् । कोषमा सहभागी हुने रोजगारले श्रमिकको न्यूनतम पारिश्रमिकको २० र श्रमिकले ११ प्रतिशत रकम जम्मा गर्नुपर्छ । सूचीरकणका लागि काठमाडौं उपत्यकामा मंसिर ६ र प्रदेश नम्बर ३ का उद्योगका लागि मंसिर १५ गतेदेखि रोजगारदातालाई आव्हन गरिएको छ । सरकारले आउँदो साउन १ गतेदेखि देशभरि नै उक्त कार्यक्रमलाई कार्यान्वयन गर्ने बताउँदै आएको छ । कोषमा सबै उद्योग, प्रतिष्ठान अनिवार्य रुपमा दर्ता हुनुपर्नेछ ।

Womui
Womui