पप्पु कन्ट्रक्सनको विवादमा प्रधानमन्त्री केपी ओली र उपेन्द्र यादवबीच भनाभन

31

छिनछिन खबर
काठमाडौं, मंसिर १९ । ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनको विवादलाई लिएर प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवबीच विवाद भएको छ । मन्त्रिपरिषदको बैठकमा पुप्पु कन्ट्रक्सनले प्रवेश पाएपछि उपप्रधानमन्त्री यादवले पप्पु कन्ट्रक्सनलाई कालो सूचिबाट हटाउने प्रस्ताव मन्त्रीपरिषद बैठकमा गरे । तर प्रधानमन्त्री केपी ओलीले ठाडै अस्वीकार गरेपछि ओली र यादवबीच भनाभन भएको स्रोतले बताएको छ ।


बैठकको सुरुमा प्रधानमन्त्रीले विवादित एसिया प्यासेफिक समिटका बारेमा जानकारी दिएका थिए । त्यसलगतै बोलेका उपप्रधानमन्त्री यादवले दुई प्रस्ताव गरे–पप्पु कन्ट्रक्सनका मालिक रौनियारको सांसद निलम्बन फुकुवा गर्ने, अञ्चल तथा क्षेत्रीय अस्पतालहरुलाई ५ सय बेडमा अपग्रेड गर्ने थियो । प्रधानमन्त्री ओलीले यी दुई प्रस्ताव नै अस्वीकार गरेपछि भनाभन भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

बैठकमा उपप्रधानमन्त्री यादवले फोरमसँग भएको संविधान संशोधनको सहमति कार्यान्वयन नभएको आक्रोस पनि पोखेका थिए । पप्पु कन्ट्रक्सनको बिषयलाई लिएर संघिय समाजबादी फोरमले बारम्वार प्रधानमन्त्री ओलीलाई दवाव दिँदै आएको छ । तरपनि बद्नाम पुप्पु कन्ट्रक्सनलाई कारवाही गर्ने पक्षमा ओली उभिएका छन् ।

फोरमले पप्पु कन्ट्रक्सनका बिषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकको मुख्य एजेण्डा नै पप्पु कन्ट्रक्सन हुने महासचिव रनध्वज कन्दवाले बताए । फोरमले हाल रौनियार पप्पु कन्ट्रक्सनको मालिक नभएका कारण सांसदबाट निलम्बन गर्न नहुँने तर्क प्रधानमन्त्रीसँग गर्दै आएको छ । पप्पुलाई कालोसूचीमा राख्न बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले निर्णय गरेपछि यतिखेर सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले प्रक्रिया अघि बढाइसकेको छ । त्यस्तै पप्पुले देशभरका ३१ वटा पुल निर्माण गर्न ठेक्का लिएको छ । पप्पुले गरेका अधिकांश काम गुणस्तरहीन र ढिलाइ भएपछि सबैतिरबाट आलोचना हुँदै आएको छ ।

Womui
Womui