निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई कारबाहीको माग राख्दै डा. गोविन्द केसी अनसन बस्ने

181

छिनछिन खबर
धनगढी, मंसिर १७ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याका दोषी र हत्यामा प्रमाण नष्ट गर्नेलाई कारबाहीको माग राख्दै प्राध्यापक डाक्टर गोविन्द केसी अनसन बस्ने भएका छन् । निर्मला पन्तको न्यायका लागी भन्दै कञ्चनपुरमा जारी अनसनमा ऐक्यवद्धता जनाउन कञ्चनपुर पुगेका केसीले यस्तो कुरा बताएका हुन् । उक्त घटना भएको लामो समय बितिसक्दासेमत दोषी कारबाहीमा नपरेपछि केसीले सरकारलाई दबाव दिन अनसन बस्न चाहेका हुन् ।


उनले निर्मलालाई न्यायका लागी आफु अनसन बस्ने तयारी गरेको बताउदै डा.केसीले अबको अनशनले निर्मलालाई न्याय दिनेसमेत दाबी गरे । केसीले निर्मर्लाका हत्यारा पक्राउ नगरे पुस २ गतेपछि अनशन बस्ने बताए ।
‘उनीहरूले किन प्रमाण नष्ट गरे,’ केसीले भने, ‘राज्य संचालन गर्नेमध्येकै कोही अपराधी भएकाले यस्तो प्रपञ्च रचिएको हो । प्रमाण नष्ट गर्ने सबैलाई फौजदारी मुद्दा चलाउनुपर्छ अनि कसले हत्या गरेको हो तिनीहरूले बोल्छन् ।’ केसीले सरकार आफैले अपराधीलाई संरक्षण दिइरहेको समेत आरोप लगाए ।

निर्मला हत्या प्रकरणपछि प्रमाण नष्ट गर्ने काम राज्यले गरेर अपराध संरक्षण दिएको उनले बताए । निर्मला पन्तको घटनाले ३ करोड नेपालीलाई लज्जस्पद बनाएको डा.केसीको भनाइ छ ।

Womui
Womui