नेपालको शान्ति प्रक्रियाबाट विश्वले नै पाठ सिक्नसक्छः प्रधानमन्त्री ओली

116

छिनछिन खबर
काठमाडौं,मंसिर १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय, शान्ति, समानता, विकास र सम्वृद्धिको पक्षमा हातेमालो गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाण्डौमा सुरु एशिया प्रशान्त शिखर सम्मेलन २०१८ को उद्घाटन सत्रलाई विशेष सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबी, अशिक्षा, जलवायु परिर्वतन तथा स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि एशियाली मुल्य र मान्यताका साथ सहकार्य बढाउन सहभागी राष्ट्र प्रमुखहरुलाई आव्हान गरे ।जलवायु परिर्वतन विकास र मानवीय अस्तित्वका लागि नै चुनौतिको विषय भएकाले हिमालहरु पग्लने क्रम रोक्ने उपायबारे पनि सोच्नुपर्ने बताए ।

संविधान निर्माण र संघीय निर्वाचन पछि मुलुक विकास र सम्वृद्धिको बाटोमा अघि बढेको भन्दै उनले नेपालको शान्ति प्रक्रियाबाट विश्वले नै पाठ सिक्नुपर्ने बताए ।सम्मेलनमा आधादर्जन मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सहभागीता रहेको छ ।

Womui
Womui