यो सरकार जुम्रा मार्नलाई बनेको होइनः प्रधानमन्त्री ओली

63

छिनछिन खबर
काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार जुम्रा मार्नका लागि नबनेको बताएका छन् । मंगलबार सामाजिक सुरक्षा योजना कार्यक्रमको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै ओलीले कतिपय व्यक्तिले अहिलेको सरकारले जुम्रा नमारेको र सिन्का नभाँचेको आरोप लगाइरहेको उल्लेख गर्दै यो सरकार जुम्रा मार्न र सिन्का भाँच्नका लागि नबनेको बताए ।


‘यो सरकार देशमा काम गर्नका लागि बनेको हो,’ उनले भने, ‘सामाजिक सुरक्षा कार्यक्रम त्यसैको उदाहरण हो ।’ उनले अब मेलम्चीको पानी पनि चाँडै आउने बताए । सरकारले सबैतिर राम्रो काम गरिरहेको दावी गर्दै उनले देशमा सरकार नभएको दावी गर्नेले जहाँ गयो त्यही सरकार देख्ने जिकिर गरे ।

देशमा सरकार छैन भन्नेलाई ओलीले गरिब, मजुदरलाई सरकार कहाँ भनेर सोध्न आग्रह गरे । नेपालमा पहिलोपटक सुरु भएको सामाजिक सुरक्षा कार्यक्रममा निजी क्षेत्रमा काम गर्ने श्रमिकको पेन्सनसहित औषधी, दुर्घटना सुविधा समेटिएको छ । जसका लागि श्रमिक र रोजगारदाता योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुनुपर्छ । कार्यक्रममा सहभागी हुँदा श्रमिकले न्युनतम पारिश्रमिकको ११ र रोजगारदाताले ३१ प्रतिशत रकम जम्मा गर्नुपर्नेछ । श्रमिक र रोजगारदाताका प्रतिनिधिले उक्त कार्यत्रलमको स्वागत गरेका छन् । हाल नेपालको उद्योग धन्दामा करिब ४३ लाख श्रमिक कार्यरत रहेका छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक भने हाललाई उक्त कार्यक्रममा सहभागी हुन पाउने छैनन् ।

Womui
Womui