५ करोडको फर्निचर उद्योग क्षणभरमै भयो खरानी

159

छिनछिन खबर
काठमाडौं,मंसिर १० ।राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ ।सोमबार दिउँसो राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो । आगलगागीबाट ५ करोड बराबरको सामान नष्ट भएको उद्योगका सञ्चालक कार्कीले बताए ।

आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । आगलागीबाट उद्योगमा रहेका सामान पूर्ण रुपमा नष्ट भएको छ भने अहिले पनि आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।यसैगरी महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी गोविन्द काफ्लेले टीनले बारेर बनाइएको सो गोदाममा के कारणले आगलागी भयो भन्ने अनुसन्धान भइरहेको जानकारी दिए ।अनुसार घटनामा मानविय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपुर्ति वन्द गरिएको बताइएको छ ।

Womui
Womui