स्वास्थ्य अवस्था बिग्रँदै गएपछि निर्मला पन्तका बुवालाई काठमाडौं पठाइयो

66

छिनछिन खबर
धनगढी, मंसिर ९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौँ लगिएको छ । शनिबार जहाजबाट काठमाडौं लैजान खोजपनि त्यो सम्भव नहुँदा यज्ञराजलाई गाडीबाट काठमाडौं लगिएको हो । धनगढी विमानस्थलमा पु¥याउँदा उनले एक्कासी रुने, हाँस्ने, बर्बराउने, गालीगलौज गर्न थालेपछि विमानबाट सम्भव भएको थिएन । सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि यज्ञराजलाई काठमाडौं पठाइएको हो । यज्ञराजको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै स्वास्थ्यकर्मी सुनिल विकलाई पनि साथमै पठाइएको छ ।


छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै उनले सरकारलाई अनुसन्धानमा दबाव दिन परिवारसहित धर्नामा बसेका थिए । धर्नामा बस्दा शारीरिक रुपमासमेत कमजोर भएका यज्ञराजको बिहीबारदेखि मानसिक अवस्थामासमेत खराबी आएको थियो । सो क्रममा उनले धर्नास्थलमै फरक व्यवहार देखाउन थालेका थिए ।

Womui
Womui