बाल विवाह गर्ने पक्राउ

110

बेत्रावती, मंसिर ८ । बालिका विवाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई पक्राउ गरेको छ । गाउँकै १३ वर्षीया बालिकालाई विवाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अवस्थामा २२ वर्षीय घर्तीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

गत कात्तिक २७ गते बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा केटा पक्षले भगाएर नुवाकोट ल्याएर विवाह गरेको भन्दै दिएको किटानी जाहेरीका आधारमा घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि प्यूठान प्रहरीमा पठाइने नुवाकोट प्रहरीले जनाएको छ । रासस

Womui
Womui