डडेल्धुरामा जीप दुर्घटना, दुईको मृत्यु, १७ घाइते

98

छिनछिन खबर
डडेल्धुरा, मंसिर १ । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मेन्द्र मडैं र गाउँपालिका–३ का गाडी साहु ४५ वर्षीय दिपेन्द्र साही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।  दुर्घटनामा १७ जना घाइते भएका छन् ।


घाइते हुनेहरुमा भागेश्वर गाउँपालिका ३ का ३ वर्षीय एलकस नागरी, ५ वर्षीया अपेक्षा शाही, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नवीन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीय माया नागरी, ५० वर्षीय शिवी सार्की, बैतडीको मेलौली ८ बस्ने १८ वर्षीय गौरी बिष्ट, धनगढी उपमहानगरपालिका १४ कनरीका २६ वर्षीय केशव मल्ल, बैतडी तल्लो सोराड ४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीय शर्मिला अवस्थी, बैतडी शिवनाथका ३० वर्षीय सिद्ध महता, काठमाडौं ज्ञानेश्वर ३० का अशोक कुँवर, बैतडी मेलौली ८ बस्ने १८ वर्षीया लक्ष्मी बिष्ट रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । जीप सडकभन्दा सय मिटर तल खसेको छ ।
चालक फरार रहेका छन् ।

Womui
Womui