नेपालमा पहिलोपटक टिबिएम प्रयोग गरिएको भेरी–बबईमा ९ किलोमिटर सुरुङ खनियो, अब ५ महिनामा पूरा हुने

54

छिनछिन खबर
नेपालगन्ज, कात्तिक २९ । भेरी–बबई नदी स्थानान्तरण बहुउद्देश्यीय आयोजनाको १२.२ किलोमिटर सुरुङमध्ये अहिलेसम्म करिब ९ किलोमिटर खनिएको छ । यही गतिमा काम हुँदा आगामी चैतसम्म सुरुङ वारपार (छेडिने) हुने निर्माण कार्यमा जुटेका प्राविधिक बताउँछन् । २०७४ कात्तिक २० गतेबाट टनेल बोरिङ मेसिन (टिबिएम) ले सुरुङ खन्न सुरु गरेको थियो । करिब एक वर्षमा मेसिनले ८९७४ मिटर (करिब ७५ प्रतिशत) सुरुङको काम पूरा भएको छ । सुरुङको ५.९ देखि ६.३ किलोमिटर खण्डलाई अप्ठ्यारो भाग (रिस्की जोन) मानिएको थियो । टिबिएमले उक्त खण्ड सजिलै पार ग¥यो । भेरी नदीको पानी १२.२ किलोमिटर सुरुङबाट बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्यले आयोजना निर्माण भइरहेको छ ।


आयोजनाबाट ४६ मेगावाट विद्युत्समेत उत्पादन हुनेछ । सुरुङबाट ल्याएको पानी सुर्खेतको हात्तीखालमा निर्माण हुने विद्युत्गृहमा खसालेर बबईमा मिसाइनेछ । सुरुङ, विद्युत्गृह र बाँध गरी आयोजना निर्माणका ३ चरण छन् । अहिले सुरुङको मात्र काम भइरहेको छ । विद्युत्गृह र बाँधको विस्तुत डिजाइन अन्तिम चरणमा रहेको आयोजना निर्देशक सञ्जिव बरालले बताए । उनका अनुसार अबको एक सातामा दुवै चरणको ठेक्का आह्वान गर्न सूचना निकालिनेछ ।

सुरुङको आधा निर्माण पूरा भएपछि मात्र अरू काम सुरु गर्ने आयोजनाको योजना हो । अब बल्ल बाँध र विद्युत्गृह निर्माण प्रक्रियाअघि बढ्ने भएको छ । अहिलेकै तालिकामा काम गर्दा आयोजनाका तीनै चरण एकसाथ पूरा हुने दाबी गरिएको छ । चालु अर्थिक वर्षको अन्त्यबाट आयोजनाको बाँध (हेडवर्क) र विद्युत्गृहको काम सुरु गर्ने लक्ष्य छ । आर्थिक वर्ष २०६८÷६९ मा सुरु भएको आयोजनाका सबै चरणका काम (सुरुङ, बाँध, विद्युत्गृह) आव २०७७÷७८ मा पूरा गर्ने योजना हो । आयोजनाको सुरु लागत १६ अर्ब ४२ करोड रुपैयाँ अनुमान गरिए पनि पूरा हुँदासम्म करिब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । चीनको चाइना ओभर्सिज गु्रप कम्पनी (कोभेक) ले आयोजना निर्माणको जिम्मा पाएको छ ।

Womui
Womui