यी हुन् विश्वका दश उत्कृष्ट एयरलाइन्स, एशियन कम्पनीको बाहुल्यता

75

छिनछिन खबर
काठमाडौं, कात्तिक २८ । विश्वका १० उत्कृष्ट विमान कम्पनीको पहिलो नम्बरमा सिंगापुर एयरलाइन्स आएको छ । विश्वका विमान कम्पनीको रेटिङ गर्ने एक अन्तर्राष्ट्रिय निकायले गरेको अध्ययनमा सो विमान कम्पनीको विश्वको एक नम्बरको एयरलाइन्समा रहेको देखाएको हो । सो विमान कम्पनीमा २६ हजार कर्मचारी कार्यरत रहेको सिंगापुर एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत गो चेन पोङले बताए ।


दोस्रो नम्बरमा कतार एयरलाइन्स रहेको छ । विगत २० वर्षदेखि अन्तर्रा्ष्ट्रिय रुपमा विशष्ठि सेवा दिदै आएको कतार एयरलाइन्स उत्कृष्ट रुपमा दोस्रो नम्बरमा रहेको छ । तेस्रो नम्बरमा एएनए अल निप्पोन एयरलाइन्स रहेको छ । जापानलाई केन्द्र बनाएर सन् १९५२ देखि सञ्चालनमा ल्याइएको सो विमान कम्पनीले हाल विश्वका ८० देशमा उडान भर्ने गरेको छ भने १०० आन्तरिक रुटमा उडान गर्ने गरेको छ । बोइङ ७८७ चलाउने सो विमान कम्पनीमा २९ मिलियन भन्दा बढी यात्रुले माइलेज कार्ड लिएका छन् ।

यस्तै चौथोमा एमिरेटस एयरलाइन्स रहेको छ । पाँचौंमा इभा एयर रहेको छ । त्यस्तै छैटौमा क्याथे प्यासेफिक एयरवेज रहेको छ । हङकङलाई केन्द्र बनाएर उड्ने सो विमानले विश्वका २०० गन्तव्यमा उडान भर्ने गरेको छ । एशिया, उत्तरी अमेरिका, अष्ट्रेलिया यूरोप, अफ्रिाकासम्म उडान गर्ने सो विमान कम्पनकिो सहायक कम्पनीका रुपमा क्याथे डार्गन पनि रहेको छ । सातौमा जर्मनीको लुफ्थान्सा एयर रहेको छ । आठौंमा चिनियाँ विमान कम्पनी हेनान एयरलाइन्स रहेको छ । नवौंमा इन्डोनेसियाको गरुडा रहेको छ भने दशौंमा थाइल्याण्डको थाई एयरवेज रहेको छ । थाइ एयरबेजले विश्वका ८४ गन्तव्यमा उडान गर्दै आएको छ । सो विमान कम्पनीको ९० विमान रहेका छन् ।

Womui
Womui