राष्ट्रपति विद्याले भाइ डेगेन्द्रलाई टीका लगाइन्

42

छिनछिन खबर
काठमाडौं, कात्तिक २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा उनले भाइ पाण्डेलाई सप्तरंगी टीका लगाइदिएकी हुन् । राष्ट्रपति भण्डारीले टीका लगाइदिएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइदिइएर कटुस, ओखर र मिठाइ खुवाएकी थिइन् ।


भाइटीकाको तस्बीर र भिडियो खिच्न गएका पत्रकारहरुलाई भने राष्ट्रपति निवासमा प्रवेश निषेध गरिएको थियो । समाचार संकलनका लागि गएका पत्रकारहरुलाई शितलनिवासको गेट बाहिरैबाट फर्काइएको थियो । दशैंमा राष्ट्रपति भण्डारीले लगाइदिएको टीकाको फोटो र भिडियो सार्वजनिक भएपछि निकै आलोचना भएको थियो । त्यही भएर तिहारमा पत्रकारहरुलाई फोटो र भिडियो खिच्न नदिइएको अनुमान छ ।
रासस

Womui
Womui