माथिल्लो तामाकोशीको आइपिओमा निवेदन दिने सबैले कम्तीमा ४५ कित्ता शेयर पाउने

107

छिनछिन खबर
काठमाडौं, कात्तिक २१ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आईपीओ) मा आवेदन दिने सबैले ४५ कित्ता पाउने भएका छन् । केही आवेकले भने अधिकतम ५० कित्तासम्म सेयर पाउनेछन् । दुई साताभित्र बाँडफाँट गरिने कम्पनीले जनाएको छ । तामाकोशीको सेयरमा ३ लाख ४६ हजार १ सय ६६ ले आवेदन दिएका छन् । आयोजनाले निष्काशन गरेको सेयरमा ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।
Womui
Womui